निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु — OSNepal

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

LC (KTM) November 07, 2021 0

लागोस २१ कात्तिक-नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ ।

यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर