अध्यक्ष केपी ओली र राष्ट्रपति भण्डारीबिच भेटवार्ता — OSNepal

अध्यक्ष केपी ओली र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतल निवास पुगेका हुन् ।

आज आइतबार १२ बजे शितल निवास पुगेका ओली र भण्डारी बिच मंसिरमा हुन गइरहेको पार्टीको महाधिवेशनको विषयमा कुराकानी हुने स्रोतले जनाएको छ ।

साथै, स्रोतले दिएको जानकारी अनुसार नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान गर्न समेत ओली शितल निवास पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर