भारतसँगै अब नेपालले बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्री गर्नेछ : मन्त्री भुसाल — OSNepal

भारतसँगै अब नेपालले बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्री गर्नेछ : मन्त्री भुसाल

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतसँगै अब नेपालले बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्री गर्ने बताएकी छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले अब विद्युत बिक्री गर्त बाटो खुलेको भन्दै भारतसँग भएको विद्यु व्यापार दक्षिण एसियामा पहिलो पटक भएको बताएकी छन् ।

‘विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ, यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो हो। भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ’ भुसालले भनिन् ।

सरकारले चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो बनाउने कुरामा विद्युतको एउटा ठूलो खपत यातायातमा हुने बताउकी उनले भनेकी छिन् , ‘उद्योगमा हुनेछ, कृषि र सिँचाइमा हुनेछ, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्याँस लगायतलाई बिस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ।’

अब सवारी साधन खरीद गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने समेत बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर