नयाँ दिल्लीमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता अपनाइयो — OSNepal

नयाँ दिल्लीमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता अपनाइयो

LC (KTM) November 07, 2021 0

नयाँ दिल्ली २१ कात्तिक- भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।
उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।

उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताउनुभयो ।उहाँले यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर