एमालेको महाधिवेश केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो : भुसाल — OSNepal

एमालेको महाधिवेश केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो : भुसाल

LC (KTM) November 07, 2021 0

काठमाडौं कात्तिक २१ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा। वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशन भनेको अध्यक्ष केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र भएको बताएका छन् ।

आज आइतबार बिहान एक कार्यक्रममा सहभागी भएका महासचिव भुसालले आफ्नो पार्टीलाई महाधिवेशनका बोलाए पनि नजाने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उक्त कार्यक्रममा भुसालले भने, ‘एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो । विचारको बहस र नेतृत्व निर्माणबारे त्यहाँ कुनै छलफल हुँदैन । त्यस्तो पार्टीले निम्ता गरे पनि हामी जाँदैनौं । त्यसको राजनीतिक विचार र व्यवहारसँग हामी सहमत छैनौं । त्यहाँ राजनीति नै छैन, व्यक्तिगत स्वार्थमात्र छ ।’

संगठन निर्माणमा आफ्नो पार्टी केन्द्रित भएको बताएका उनले आगामी चुनावमा पनी गठबन्धनलाई निरन्तरता दिएर जाने सम्भावना प्रबल रहेको समेत बताएका छन् ।

कार्यक्रममा उनले गठवन्धन भित्र एमसीसीको विषयमा केहि छलफल नभएको समेत खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर