इराकको प्रधानमन्त्री मुस्तफा अल कदीमीको ज्यान लिने गरी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण — OSNepal

इराकको प्रधानमन्त्री मुस्तफा अल कदीमीको ज्यान लिने गरी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण भएको छ । आज आइतबार बिहान प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा ड्रोन आक्रमण भएको हो ।

बीबीसीले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको ज्यान लिने गरी विस्फोट पदार्थसहितको ड्रोन हमला भएको जनाएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार प्रधानमन्त्री कदीमी भने सुरक्षित नै रहेका छन् ।

अहिले सम्म उक्त घटनाको कसैले जिम्मेवारी नलिएपनि अन्तराष्ट्रिय सञ्चार माध्यमले भने इराकी सेनाको हात रहेको बताएको छ ।

प्रधानमन्त्री कदीमीले भने आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित भएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर