चीनको विद्यालयले दर्जनौं बिद्यार्थीलाई विद्यालयमा रातभर बन्धक बनाएपछि... — OSNepal

चीनको विद्यालयले दर्जनौं बिद्यार्थीलाई विद्यालयमा रातभर बन्धक बनाएपछि…

LC (KTM) November 07, 2021 0

बेइजिङ, २१ कात्तिक- चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । बिद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ ।

स्थानीय समचार सस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेन्टिनमा बस्नुपर्ने जानाकारी गराएका थिए ।

रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर्को दिन कोभिडको नतिजा सार्वजनिक भएपछि मात्र उनीहरुलाई बाहिर आउन अनुमति दिइने उनीहरुले बताएका थिए । ३५ विद्यार्थीलाई रातभर क्वारेन्टिनमा राखिएको थियो । सम्पूर्ण शिक्षक, विद्यार्थी र कर्मचारीको परीक्षण गरिएको थियो । अहिले विद्यालयलाई अस्थायी रुपमा बन्द गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर