‘राष्ट्रपतिले प्रधानमन्त्रीसँगको मिलेमतोमा बदनियतपूर्ण संसद विघटन गरी संविधान र लोकतन्त्रमाथि अघात गरिन्' — OSNepal

‘राष्ट्रपतिले प्रधानमन्त्रीसँगको मिलेमतोमा बदनियतपूर्ण संसद विघटन गरी संविधान र लोकतन्त्रमाथि अघात गरिन्’

LC (KTM) May 25, 2021 0

सुर्खेत ११ जेठ । संसद विघटन गरेको भन्दै सरकारसँग सुर्खेतका पाँच राजनीतिक दलले आपत्ति जनाएका छन्। आज मंगलबार पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारको असवैधानिक कार्य प्रति भत्र्सना गरेको हो । गएको शुक्रबार मध्यराति राष्ट्रिपति र प्रधानमन्त्रीबाट संसदलाई घाँटी निमोठ्ने काम भएको भन्दै आपत्तप् जनाएका हुन् ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ , जनताको कठोर आन्दोलन, बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानमाथि आघात पुर्‍याएको छ, रातारात संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा र भर्त्सना गर्दछौँ’ ।

विपक्षी दलहरुले १४९ सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन दावी गर्दै राष्ट्रपति कार्यालय जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निणर्य स्विकार्य नभएको भन्दै ‘राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँगको मिलोमितोमा बदनियतपूर्ण तरिकाले प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।सरकारको यो संसद विघटन चुनाव गराउने नभई आफ्नो सत्ता लब्याउने उद्देश्य रहेको पाँच दलको ठहर छ ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा नेपाली कांग्रेस सभापति कमलराज रेग्मी, माओवादी केन्द्रका संयोजक कृष्णबहादुर जिसी, नेकपा एमाले सचिव मोहनसिंह बडुवाल, जसपा अध्यक्ष फत्तेबहादुर सोती मगर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदीको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर