पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६४९ जना संक्रमणमुक्त — OSNepal

पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६४९ जना संक्रमणमुक्त

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने को संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ६४९ संक्रमण मुक्त भएका छन भने, २ जनाको ज्यान गएको छ । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर