कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी — OSNepal

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

LC (KTM) November 05, 2021 0

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर