काठमाडौँ उपत्यकामा फेरी एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञा कडा गर्दै किराना पसल पनि खोल्न नपाइने नयाँ नियम आयो — OSNepal

काठमाडौँ उपत्यकामा फेरी एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञा कडा गर्दै किराना पसल पनि खोल्न नपाइने नयाँ नियम आयो

LC (KTM) May 25, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने भएता पनि अब किराना पसल, डिपार्टमेन्टल स्टोल भने खोल्न पाइनेछैन । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

यसैबिच नेपालमा आज ८६३६ जनामा संक्रमण पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६३ ६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला दिनमा देशभर निषेधाज्ञा गरिएको भएता पनि संक्रमणदर भने बढ्दो क्रममा नै रहेको छ । त्यस्तै १ सय ६९ जनाको कोरोनाबाट निधन भएको मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर