नेता सिंहले गरेको ओलीको आलोचना: भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् — OSNepal

नेता सिंहले गरेको ओलीको आलोचना: भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन्

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्ने गरेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्ने बताएका उनले भने, संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका नेता सिंहले अब देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको दावी गरेका उनले भने , पहिलो संविधानसभामा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो’ ।

लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको बताएका उनले नारा मात्रै दिएर राजनीति सम्भव नहुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर