देउवा र प्रचण्डले गोप्य रुपमा एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न नेता रावलको माग — OSNepal

देउवा र प्रचण्डले गोप्य रुपमा एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न नेता रावलको माग

LC (KTM) November 05, 2021 0

काठमाडौं कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता रावलले यस्तो माग गरेका हुन् । यस्तो गर्नु राज्यकोउपहास भएको बताएका उनले भनेका छन्, ‘प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ? संयुक्त रुपमा पत्राचार गरेको हो भने यो राज्यको उपहास हो । यो ज्यादै लज्जाजनक छ । संवैधानिक, कूटनीतिक र राज्य सञ्चालनका मर्यादा विरोधी कुरा हो । के प्रचण्डको राजनीति एमसीसीको फल खाएर केही थान मन्त्री र प्रधानमन्त्री खाने मात्रै हो ?’

एमसीसीका कार्यकारी अध्यक्षसँग प्रधानमन्त्री नै लम्पसार परेर सार्वभौम संसद् र जनताको अपमान भएको नेता रावलको आरोप रहेको छ । कार्यक्रममा उनले भनेका छन्, ‘राष्ट्रघाती नेताहरुका कारण गण्डकी गयो, कोसी गयो, महाकाली गयो, माथिल्लो कर्णाली गयो । अब नेपाल उपनिवेशीकरणको बाटोमा छ । नेपाललाई अन्तर्राष्ट्रिय युद्धको रणमैदान बनाउने षड्यन्त्रको हतियार एमसीसी पारित गर्छु भन्नु कानुनको ‘क’ र राजनीतिको ‘र’ नजान्ने मानिसले भन्ने कुरा हो ।’

देउवाले र प्रचण्डले पठाएको त्यो पत्र राष्ट्रघाती र गैरजिम्मेवार भएको आरोप समेत कार्यक्रममा नेता रावलले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर