कञ्चनपुरमा युवाहरुको दुई समुहबिच कुटाकुट , एक प्रहरी घाइते — OSNepal

कञ्चनपुरमा युवाहरुको दुई समुहबिच कुटाकुट , एक प्रहरी घाइते

LC (KTM) November 05, 2021 0

कञ्चनपुर कार्तिक १९ । कञ्चनपुरमा युवाहरुको दुई समुहबिच कुटाकुट भएको छ । जिल्लाको बेदकोट नगरपालिका–८ गैलनदीमा बिहिबार लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको भएको हो ।

उक्त कुटाकुटमा घाइते भएकाहरुलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोही समुहले पुन अस्पतालमा आई आक्रमण गर्न खोज्दा एक प्रहरी समेत घाइते भएका छन् ।

घाइते प्रहरीको उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर