बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए — OSNepal

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए

LC (KTM) November 04, 2021 0

लण्डन, १८ कात्तिक- बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।

कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ । सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामी अस्पतालमै रहेका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर