मैले लगाएको टोपीले गर्दा राष्ट्रपति बाइडेनले चिनिहाले : प्रधानमन्त्री देउवा — OSNepal

मैले लगाएको टोपीले गर्दा राष्ट्रपति बाइडेनले चिनिहाले : प्रधानमन्त्री देउवा

LC (KTM) November 04, 2021 0

काठमाडौं १८ कात्तिक । विदेश भ्रमण सकेर बिहिबार आज प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । आज बिहान सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री देउवाले बेलायतको भ्रमणको विषयमा जानकारी दिएका छन् ।

जानकारीको क्रममा देउवाले आफुले लगाएको ढाका टोपीले अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनिहालेको बताएका छन् । विश्व जलवायु सम्मेलन ९कोप-२६० मा भाग लिन स्कटल्यान्डको ग्लास्गो गएका प्रधानमन्त्री देउवा त्यहाँ रहँदा विभिन्न देशका नेतहरुसँग भेट गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनसँग भएकोअ विशेष भेटमा बाइडेनले आफुलाई नेपाल खुब मन पर्ने समेत बताएका देउवाको भनाइ रहेको छ ।

प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर