प्रधानन्यायाधीश जवरासहित पाँच जना न्यायाधिशले राजीनामा दिनुपर्छ शंकर पोखरेल — OSNepal

प्रधानन्यायाधीश जवरासहित पाँच जना न्यायाधिशले राजीनामा दिनुपर्छ शंकर पोखरेल

LC (KTM) November 04, 2021 0

काठमाडौं १८ कात्तिक । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीश ‘मतियार’ रहेकाले एकै साथ राजीनामा दिनुपर्ने बताएका छन् ।

बिहिबार दाङको घोराइमा पत्रकाहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीशको मात्र राजीनामा माग्नु गलत भएको भन्दै नेता पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

परमादेश दिने सबैले राजीनामा दिनुपर्ने भन्दै उनदले भने, ‘पाँच जना न्यायाधीश सबैको निर्णयबाट फैसला आएको हो,त्यसैले प्रधानन्यायाधीशको मात्रै राजीनामा माग्नु सही हैन, पाँचै जनाले राजीनामा दिनु पर्छ।’

मन्त्रीमण्डलमा जवराले भागवण्डा मागेपछि चर्किएको विवादले जवराको राजीनमा माग गर्दै चार दिन देखि सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर