पुर्व सभामुखहरुको निष्कर्ष :ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री — OSNepal

पुर्व सभामुखहरुको निष्कर्ष :ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार रहेको निष्कर्ष निकालेको छ । संसद विघटन पछिको अवस्थालाई लिएर भएको छलफलमा संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालिएको हो ।

बैठकमा सहभागी भएकी पुर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम नभएको बताएकी छन् ।आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य काम भएको छलफलले निष्कर्ष निकालेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर