बर्दियामा जङ्गली हात्तीले लियो सुतिरहेका आमा छोरीको ज्यान — OSNepal

बर्दियामा जङ्गली हात्तीले लियो सुतिरहेका आमा छोरीको ज्यान

LC (KTM) May 25, 2021 0

बर्दिया- बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्या न गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आ क्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्या न गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उहाँकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आ क्रमण गरेको निकुञ्जले जनाएको छ ।

जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो:- जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।

सदरमुकाम क्षेत्रमा कोरोना सङ्क्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताउनुभयो । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त भएको यहाँका किसान बताउँछन् ।

गत कात्तिक/मङ्सिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताउनुभयो । जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर