काठमाडौंको दुई बालमन्दिरमा फैलियो कोरोना, पहिलो पटक एकै पटक ५९ बालबलिकमा कोरोना देखिएपछि बढ्यो त्रास — OSNepal

काठमाडौंको दुई बालमन्दिरमा फैलियो कोरोना, पहिलो पटक एकै पटक ५९ बालबलिकमा कोरोना देखिएपछि बढ्यो त्रास

LC (KTM) May 25, 2021 0

काठमाडौं । काठमाडौंको दुई बालमन्दिरमा कोरोना फैलिएको छ ।१० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको संगठनका महासचिव समिक बडालले बताए ।सिफलका ७० जनाको परीक्षण गर्दा ३६ जना र नक्सालको बालगृहमा रहेका २३ जनामा पोजिटिभ देखिएको बडालको भनाई छ ।

केही बालबालिकाको रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो ।

दुवै बालगृहका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् । संक्रमित बालबालिकाहरू ८ महिनादेखि १० वर्षसम्मका रहेका छन् । क्रमित हुनेमा बालमन्दिरमा आश्रित केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरो लगायतका सामान्य लक्षण रहेको छ ।एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएकोले सरकारसंग आइसोलेशनका लागि सरकारसंग सहयोगको पहल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर