विषालु ग्यास चुहावटका कारण चीनमा सात जनाको मृ त्यु,सात श्रमिक बेहोस — OSNepal

विषालु ग्यास चुहावटका कारण चीनमा सात जनाको मृ त्यु,सात श्रमिक बेहोस

LC (KTM) May 25, 2021 0

चेन्दू, ११ जेठ – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृ त्यु भएको छ ।सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृ त्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ । आगलागीका कारण सात श्रमिक बेहोस बनेका थिए । अधिकारीहरूले हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो:-   कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।

तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ ।

कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो ।सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या ३२ पुगेको र अधिकांशको दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर