दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो — OSNepal

दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

LC (KTM) November 03, 2021 0

काठमाडौं, १७ कात्तिक – आइसिसी टी-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

बुधबार सुपर-१२ को समूह-२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट ईश सोधीले २ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर