प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबरा बिच कुनै भेटवार्ता भएको छैन :सर्वोच्च — OSNepal

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबरा बिच कुनै भेटवार्ता भएको छैन :सर्वोच्च

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबिच कुनै भेटवार्ता नभएको सर्वोच्चले जनाएको छ । हिजो राति सोमबार ओली र जवरा बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको भनि आएको समाचारमा कुनै सत्यत नभएको सर्वोच्चले आज एक विज्ञप्ती मार्फत यस्तो जानकारी गराएको हो ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले आज विज्ञप्ती मार्फत ओली र प्रधानन्यायाधिश बिच कुनै खालको भेट नभएको स्पष्ट पारेको हो ।जारी गरिएको विज्ञप्तीमा भनिएको छ , स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर