सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र गरिने — OSNepal

सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र गरिने

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् ।

बेमौसममा आएको पानीका कारण बाढी पहिरोबाट ठुलो धनजनको क्षति पुगेको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् ।

बुधरबार हेलिकप्टर मार्फत उक्त क्षति ग्रस्त क्षेत्रको अवलोकन गरेपछि गृहमन्त्री खाँडले पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

त्यसै गरी सरकारले बाढी पहिरोमा परि ज्यान गुमाउनेलाई १ लाख र हराइरहेका परिवारलाई २ लाख दिनुका साथै घाइतेको उपचार समेत गर्ने बताएको छ ।

त्यसैगरी बाढिपहिरोले भत्काएको सडक, सिँचाइलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर