कमेडी च्याम्पियनबाट लोकप्रियता कमाएका कमेडियन आदर्श मिश्राका बुबाको निधन — OSNepal

कमेडी च्याम्पियनबाट लोकप्रियता कमाएका कमेडियन आदर्श मिश्राका बुबाको निधन

LC (KTM) May 25, 2021 0

काठमाडौं–कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको उपचारका क्रममा निधन भएको छ । कमेडी च्याम्पियनको पहिलो शृखलामा आफ्नो शानदार र ब्यग्यात्मक प्रस्तुती दिएर लोकप्रियता कमाएका कमेडियन मिश्राले आफ्ना बुबाले समयमा डायलसिस गर्न नपाउँदा ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् । पारिवारिक स्रोतका अनुसार नारायणी अस्पतालको लापरवाहीका कारण यो दुःखद् अवस्था आएको हो । नारायणी अस्पतालले ४ घण्टा डायलसिस गराउनुपर्नेमा ३ घण्टामात्रै गरेकोमा यो दुखद घटना घटेको परिवारको आरोप छ ।

नारायणी अस्पतालबाट तत्कालै चितवनको भरतपुर अस्पतालमा लगिएको भएता पनि बिरामीलाई १०५ डिग्री ज्वरो आएका कारण भेन्टिलेटरमा लैजान खोज्दाखोज्दै मृत्यु भएको भरतपुर अस्पतालका डा कमलेशकुमार साहले बताए । डायलसिस गराउन अस्पतालको चक्कर लाउँदा–लाउँदै उनले आफ्नो बुबालाई गुमाएका कमेडियन आर्दश आज अस्पतालको लापरवाहीले टुहुरा भउका छन् । आर्दशले अघिल्लो वर्ष मिर्गौला प्रत्यारोपण गर्ने बारे बुझ्न ठमाडौं, महाराजगन्जस्थित टिचिङ अस्पताल आए ।

आर्दशका बाबुलाई उनकी ठूली आमाले मृगौला दिने भइन् । तर टिचिङ अस्पतालले नमानेपछि आजको यो अवस्था आएको आर्दशको आरोप छ । उनले केपी ओलीको दुई दुई पटकसम्म मृगौला फेर्न मिल्ने हाम्रो भने नमिल्ने भन्दै यो देशमा मिर्गौलाका बिरामीलाई बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ भन्दै ठूला बडा र अटेरी अस्पतालहरुलाई ब्यग्य समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर