नेपालको वर्तमान संविधान महंगो छ यसलाई कार्यान्वयन गर्न राज्य आर्थिक रुपमा सक्षम हुुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ — OSNepal

नेपालको वर्तमान संविधान महंगो छ यसलाई कार्यान्वयन गर्न राज्य आर्थिक रुपमा सक्षम हुुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका राज्य आर्थिक रुपमा सक्षम हुुनुपर्ने बताएका छन् ।

सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने बताएका उनले वर्तमान संविधान महंगो भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन गर्दै श्रेष्ठले भने, ‘अरबौँ लाग्छ हरेक हकलाई यो संविधान बमोजिमको जनतालाई साच्चै दिने हो भने हामीले विकासको चरम उत्कर्षमा पुग्नुपर्नेछ । प्रशस्त राजस्व हामीले बचत गर्नुपर्ने छ र संविधान कार्यान्वयनमा लगाउनुपर्ने छ । ऋण लिएर संविधान कार्यान्वयन गर्न सक्छौँ ? सम्भव छ ?’

उक्त कार्यक्रममा उनले बलिया–बलिया दलहरुले जनता तर्साउँदै, थर्काउदै जनतामाथि अधिपत्य मेरो छ भन्दै हिडेको बताएका छन् । साथै उनले नेपालको प्रजातन्त्र दलहरुको बाँडफाँटमा परेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर