थप ४४७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाले गुमाए तिहारको मुखैमा ज्यान — OSNepal

थप ४४७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाले गुमाए तिहारको मुखैमा ज्यान

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ४३९ जना संक्रमण मुक्त भएका छन् भने ७ जनाले भने ज्यान गुमाएका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर