प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै अधिवक्ता रेग्मीले दायर गरेको रिट प्रधानन्यायाधीश जवराले पढाए संवैधानिक इजलासमा — OSNepal

प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै अधिवक्ता रेग्मीले दायर गरेको रिट प्रधानन्यायाधीश जवराले पढाए संवैधानिक इजलासमा

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पठाउने भएको छ ।

अधिवक्ता डा.गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासबाट संवैधानिक इजलासमा पठाएका सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानन्यायाधीश विना संवैधानिक इजलासले नबस्न न्यायाधीश हरि फुयालको इजलासले अन्तिरिम आदेश दिएपनि यसको आलोचना भएपछि संवैधानिक इजलास पठाइएको हो ।

केहि दिन देखि प्रधानन्यायाशीधको राजीनमा माग गर्दै सर्वोच्च परिसरमा विरोध प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर