यस्ता १२ कारणले प्रधानन्यायाधीश जवराले राजीनामा दिनुपर्छ : अधिवक्ता भट्टराई — OSNepal

यस्ता १२ कारणले प्रधानन्यायाधीश जवराले राजीनामा दिनुपर्छ : अधिवक्ता भट्टराई

LC (KTM) November 03, 2021 0

काठमाडौँ १७ कात्तिक । अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसनको अगुजवाईमा आज बुधबार पनि जारी विरोध प्रर्दशनमा अधिवक्ता भट्टराईले यस्तो बताएका हुन् ।

उनले उक्त विरोध कार्यक्रममा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण समेत पढेर सुनाएका थिए ।न्यायमा अवरोध सिर्जना गरेको,न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन नसकेको भन्दै उनले जवराले राजीनामा दिनुपर्ने बताएका हुन् ।

नैतिक र जनआस्थामा टिकेको पदमा आसिन व्यक्तिले राजनीतिज्ञले जस्तो शक्तिको राजनीति गरेको आरोप अधिवक्ता भट्टराईले लगाएका छन् ।

‘देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बिचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा रु हामी तयार छौं ।’ उनले विरोध कार्यक्रममा भने ।

अधिवक्ता भट्टराईको अनुसार प्रधानन्यायाधीशले राजीनमा दिनुपर्ने १२ कारण यस्तो छ;

१. न्यायमा अवरोध सिर्जना गरेको

२.पारदर्शी रुपमा पेशी नतोकेर स्वेच्छिक पेशी तोकेको

३. न्यायिक विचलनलाई प्रोत्साहन गरेको

४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाएको

५. न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन नसकेको

६. विचौलियाको दबाब र प्रभाव हटाउन नसकेको

७. राजनीतिज्ञले जस्तो शक्तिको राजनीति गरेको

८. नियुक्ति र सरूवा विनाआधार मनलाग्दी ढंगले गरेको

९. भ्रष्टाचार र बेथिति मौलाएको

१०. विचाराधीन मुद्दामा अन्तर्वार्ता मार्फत् बचाउ गरेको

११. स्वार्थ बाझिएका मुद्दा आफैं हेरेको

१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर