काठमाडौं १७ कात्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल लगायत १० भाईलाई लखेट्ने काम गरेको बताएका छन् ।
बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले बाटो विराएर ओली तिर गएका भीम रावल घनश्याम भुसाल, योगेश भट्टराई लगायतका १० नेतालाई ओलीले लखेट्न थालेको बताएका छन् ।
ओलीको दम्भलाई शून्यमा झार्न पनि पनि संगठित हुनुपर्ने बताएका उनले ओलीबाहेक देशभरका कम्युनिष्टको साझा विचार रहेको समेत दावी गरेका छन् ।
कार्यक्रममा उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेको समेत आरोप लगाएका छन् ।