सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त — OSNepal

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मा नियुक्त भएका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई नियुक्त गरेको हो । शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिएका हुन् ।

यस अघि नियुक्त भएका उपप्रधामन्त्री ईश्वर पोखरेलको काम प्रभावकारी नभएको भन्दै प्रधानमनत्री ओलीले सीसीएमसीको सबै नेतृत्व आफैले लिएका थिए ।पूर्वरथी शर्मासँग विगतमा द्वन्द्व व्यवस्थापनका क्रममा नेपाली सेना र माओवादी लडाकुको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर काम गरेको अनुभव छ ।

साथै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट फोर्स कमान्डरको रुपमा समेत रहेर सफलतापूर्वक भूमिका निर्वाह गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर