आउँदो चुनावमा ओली एन्ड कम्पनी एमालेलाई कुचो लगाएर बढार्ने यदि अड्कियो भने भ्याकुम पनि लगाउने हो : गगन थापा — OSNepal

आउँदो चुनावमा ओली एन्ड कम्पनी एमालेलाई कुचो लगाएर बढार्ने यदि अड्कियो भने भ्याकुम पनि लगाउने हो : गगन थापा

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता गगन थापाले आगामी चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताएका छन् ।

 बुधबार भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै   थापाले  अबको चुनावमा एमालेलाई हराउने खावी गरेका   छन् । 

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले कार्यक्रममा भनेका छन् ।

विगत देखि नै एक्ले लड्दै आएको कांग्रेसले यो पटक पनि सिंङगल नै लडेर पहिलो पार्टी बने देखाउने थापाले जिकिर गरेका छन् ।

कार्यक्रममा थापाले भने ,‘सिङ्गल(सिङ्गल लड्ने भनेको होइनरु हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो’ उनले भने।

अहिलेको एमाले पार्टी नभएरओली एन्ड कम्पनी भएको टिप्पणी गरेका थापाले आफ्नो सरकारलाई नराम्रो काम नगर्न समेत आग्रह गरेको बताएका छन् । आरोप लगाए।

पार्टीको १४ औं महाधिवेशन मंसिरमा हुने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर