कोरोना पिडितका लागी गायक राम कृष्णले जुटाए १८ लाख रुपैयाँ, गरे राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग — OSNepal

कोरोना पिडितका लागी गायक राम कृष्णले जुटाए १८ लाख रुपैयाँ, गरे राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

LC (KTM) May 25, 2021 0

काठमाडौं-गायक राम कृष्ण ढकालले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग जुटाएका छन् । उनले १८ लाख रुपैयाँ जुटाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सहयोग गरेका छन् । उनले यो कुराको जानकारी सााजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।सांगीतिक कार्यक्रममा अमेरिका जाने क्रममा ढकालले अक्सिजनको लागी केही रकमा जुटाएका हुन् । उनले यो अभियानमा साथ दिने सहयोगहिरुको ना पनि सार्वजनिक गरेका छन् ।उनले लेखेका छन् ।

उनि लेख्छन् ‘हामी सबै नेपालीको जन्मभूमि नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिन्डरको अभावमा हजारौँको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु(भाइ तथा दिदी(बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन(मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय श्रोता(दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।

यही क्रममा पहिलो चरणमा जम्मा भएको ४ज्ञछद्दडड अमेरिकी डलर९करिब १८ लाख नेपाली० ­यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु । अझै पनि केही मनकारी महानुभावहरूले सहयोग रकम प्रदान गर्ने वचन दिनुभएको छ : त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत सहयोगका लागि पठाइने व्यहोरा पनि सादर अनुरोध गर्दछु ।’ यस अघि नायक पल शाह, पुष्प खड्का देखी कयौँ कलाकारहरूले सहयोगी हातलाई अगाडी बढाउँदै यस् अभियानमा साथ दिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर