एएनपी अवार्ड २०२१ वितरण समारोहमा जे देखियो — OSNepal

एएनपी अवार्ड २०२१ वितरण समारोहमा जे देखियो

LC (KTM) November 03, 2021 0

काठमाडौं । चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र व्यक्तित्वलाई अवार्ड प्रदान र सम्मान गर्दै एएनपी अवार्डस् २०२१ सम्पन्न भएको छ । राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा सोमबार आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता हुनुभएको छ । २०७४ देखि २०७६ सालमा सार्वजनिक भएका चलचित्र तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को पिंजडा व्याक अगेनबाट खलपात्र, सौरभ लामा २०७६ को पासवर्डबाट छायांकन निर्देशन, अर्जुन जिसी २०७६ को साङलोबाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को प्रेम गीत २ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को छिरिङबाट कलरिस्टको अवार्ड विजेता हुनुभयो ।

त्यसैगरी विभिन्न मितिका विभिन्न चलचित्रबाट यमप्रसाद ओली र रेश्मा केसी प्रडक्सन डिजाइनर, सुष्मीता खत्री छोटो चलचित्र छायांकार, संगीत खत्री छोटो चलचित्र सम्पादन, दिनशन शाह सम्पादन, गोपाल ढकाल छन्दे हास्य कलाकार, प्रेम पाण्डे चरित्र अभिनेता, सुनिता गौतम चरित्र अभिनेत्री, विनायक तामाङ निर्देशक, सुवास गुरुङ निर्देशक अवार्ड विजेता हुनुभयो । त्यस्तै अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुसालले टेलिफिल्म अभिनेत्रीको अवार्डलाई आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

पूर्व राज्यमन्त्री रामविर मानन्धरको प्रमूख आतिथ्यता तथा अभिनेता अभिनेत्री भुवन केसी, सरोज खनाल, मुकुन्द श्रेष्ठ, छयांकार तथा निर्माता निर्देशक मञ्जुकुमार श्रष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, गायिका तारा थापा संगीतकार टीका भण्डारी, गायक तथा संगीतकार किरण प्रधानलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिलन चाम्सले सिमानापारि बोलको गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट रचनात्मक म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्दा कुशल श्रेष्ठले अधरबाट डायस्पोरा म्युजिक भिडियो निर्देशक, लाने भए लैजाउ कान्छाबाट वसन्ती राईले डायस्पोरा गायिकाको अवार्ड चुम्न सफल हुनुभयो ।

त्यसैगरी गायिका तथा मोडल ज्योति मगरले पहिलोपटक पपुलर गायिकाको अवार्ड चुम्नु भयोभने सशन कडेल म्युजिक भिडियो निर्देशक, गजित विष्ट म्युजिक भिडियो अभिनेता, आरोही शर्मा मोडल, शिवन पोखरेल, प्रल्हाद चौलागाई, झरना रिसाल र निक्स शर्मा म्युजिक भिडियो मोडल तथा विकास बस्नेत जोनी बाबाले म्युजिक भिडियो मोडल ईन्करेजमेन्ट अवार्ड प्राप्त गर्दा दिनेश डागी लोकदोहोरी म्युजिक भिडियो मोडल, प्रकाश बस्नेत जुरीतर्फको म्युजिक भिडियो मोडल, चन्दन कुईकेल म्युजिक भिडियो डेब्यु मोडल, प्रशुनजंग पोखरेल म्युजिक भिडियो बाल कलाकार, दिनशन शाह म्युजिक भिडियो सम्पादक, मनिषा पोखरेलले पाश्र्व गायिका, रमेश पाठक डम्बर पाण्डे र राकेश महतो गायक, दील पुन र मेलीना राई युगल गीत गायन, चेतन राई पप गायक, मेघ पौडेल डायस्पोरा गायक, योगेशकाजी म्युजिक एरेञ्जर, यमु शर्मा सुब्बा आधुनिक गीततर्फको गीतकार, भीष्मराज फुलारा गीतकार ९जुरी०, डा। डीआर उपाध्याय लोकप्रिय गीतकार, मोहनकुमार खत्री रचनात्मक गीतकार र किरण माईकल घिमिरे गीतकारको अवार्ड विजेता हुनुभयो ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा फेसन इभेन्टतर्फ मिस नेवाः नेपाल ११४१ कृषा महर्जन बेस्ट कल्चरल व्युटी क्वीन, विष्णु रेग्मी व्युटिसियन, रुद्र शर्मा युवा व्यापारी, मोनित महर्जन फेसन कोरियोग्राफर, राजेन्द्र लुईंटेल मिडिया पर्सन, गीता शाह फेसन मेकअप आर्टिस्ट, दिपेन्द्र कुमारयादव युवा उद्यमी, सावित्री ढुंगाना इभेन्ट डाईरेक्टर, ग्लोबल अनलाइ पे वर्षको भोटिङ कम्पनी, सुरज थापा युवा इभेन्ट डाइरेक्टर, गणेश जोशी युवा प्रिन्सिपल, साइपल एकेडेमी वर्षको ए लेभल कलेज, शर्मिला केसी र मनकुमारी गुरुङ शिक्षाविद्, सम्झना घले वर्षको पेजेन्ट मोडल, सहिम शाह समाजसेवी, सुनीता मरासैनी, नारायण भट्टराई र रश्मीता गुरुङ मेकअप आर्टिस्ट, निर्भेस श्रेष्ठ बाल टाइटल विजेता, भवना देवकोटा मिसेस टाइटल विजेता, विनिभ श्रेष्ठ र नेहा कुमारी रे टाइटल विनर तथा सुष्मिता घिमिरे वेस्ट मम अफ द इयर अवार्ड विजेता हुनुभयो ।।

२४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन ९एएनपी० मिडिया हाउसले आयोजना गरेको कार्यक्रममा एएनपी नेशनल अवार्डस–२०२१ मा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो ।

सो अवसरमा गायक तथा संगीतकार विमल डांगी र गायिका तथा मोडल सरिता डांगी, गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई डायस्पोरा गीत संगीत सम्मान, गायिका तथा समाजसेवी सुनिता गुरुङलाई गायन तथा समाजसेवा सम्मान, सीताराम पोखरेललाई गायन सम्मान, हेमा मानन्धरलाई इभेन्ट आयोजक सम्मान, सन्तोष सुवेदीलाई इभेन्ट डाइरेक्टर सम्मान, गीता अधिकारीलाई पत्रकार सम्मान, रमेश श्रेष्ठलाई होटल व्यवसायी तथा कलाकर्मी सम्मान, सञ्जित भण्डारीलाई अभिनय सम्मान, नन्दा बस्याललाई कलाकारिता तथा खेलाडी सम्मान, रीता केसीलाई गायन सम्मान, गायत्री थापालाई गायन तथा समाजसेवा सम्मान, नीतु कोइरालालाई अभिनय तथा मोडलिङ सम्मान, ध्रुवप्रसाद घिमिरेलाई व्यवसायी सम्मान र सन्तोष केसीलाई इन्जिनियरिङ तथा समाजसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर