पुर्व सभामुखहरुको बैठक सिंहरदबारमा सुरु, ओलीका निकट नेम्वाङ भने आएनन् — OSNepal

पुर्व सभामुखहरुको बैठक सिंहरदबारमा सुरु, ओलीका निकट नेम्वाङ भने आएनन्

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरूको बैठकमा प्रधानमन्त्री केपी ओली निकट पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित भएका छैनन् । संसद विघटन पछि र्सिजना भएको राजनीतिक विषयमा वस्तुको बारेमा छलफल गर्न सभामुख सापकोटाले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

जारी बैठकमा रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा बैठकमा उपस्थित भएका छन् । साथै पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल माध्यममार्फत छलफलमा जोडिएका छन् । सभामुख सापकोटाको प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले दिएको जानकारी अनुसार यो बैठक पछि अब सभामुखको अवस्था र भुमिका कस्तो हुने भन्ने विषयको निष्कर्ष निकालिने भएको छ ।

यता, नेम्वाङ भने आफुलाई जानकारी ढिला आएकाले बेठकमा उपस्थित हुन नसकेको बताइएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर