तनहुँको दुलेगौंडा बजारबाट पाँच जना यस्तो अबस्थामा फेला — OSNepal

तनहुँको दुलेगौंडा बजारबाट पाँच जना यस्तो अबस्थामा फेला

LC (KTM) November 03, 2021 0

दमौली -तनहुँको दुलेगौंडा बजारबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा रहेको थकाली भान्सा घरमा इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सूर्यबहादुर विक, उमेश नेपाली, मीनप्रसाद गैह्रे, कृष्ण रिमाल र ध्रुव राउतलाई जुवा खालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । तिम्लिसिनाका अनुसार पक्राउ परेकाको साथबाट एक बुक ताससहित नगद ५८ हजार ४ सय ९५ रुपैयाँ पनि बरामद गरिएको छ ।

सोमबार पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो । ‘जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’, तिम्लिसिनाले भने । तिहार नजिकिएसँगै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवाडे पक्राउ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर