काठमाडौं- बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा लिने भएका छन् । आरती नाम गरेकी ती बालिकालाई खेरले जिम्मा लिने कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा खेरले ति बालिकालाई भेटेका थिए । मंलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।
उनले ट्विटमा भनेका छन् रतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता छ ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गरेका छन् ।