प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईको पहिलो निणर्य : अघिल्लो सरकारका सबै निणर्य खारेज गर्ने — OSNepal

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईको पहिलो निणर्य : अघिल्लो सरकारका सबै निणर्य खारेज गर्ने

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले तत्कालिन मुख्यमन्त्री भीम आचार्य नेतृत्व सरकारले गरेको निणर्य सबै खारेज गर्ने भएका छन् ।

अघिल्लो सरकारले गरेको नियुक्ति र सरुवा पुनरावलोकन लगायत सबै निणर्य खारेज गर्ने भएको हो ।

मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण लिएसँगै मुख्यमन्त्री राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै सबै निणर्य खारेज गर्ने निणर्य गरेको हो ।

साथै आज बसेको बैठकले प्रदेशका १३७ स्थानीय तहका १र१ अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने, समेत निणर्य गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर