प्रदशे १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए पद तथा गोपनीयताको शपथ ग्रहण — OSNepal

प्रदशे १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । प्रदशे १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट मंगलबार नवनियुक्त राईले सथप ग्रहण गरेका हुन् ।

सपथ लिएसँगै मुख्यमन्त्री राईले ४ मन्त्री र एक राज्यमन्त्रीलाई पनि आजै सपथ खुवाएका छन् ।

जसमा नेपाली कांग्रेसका केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् ।

माओवादीको तर्फबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीमा सपथ लिएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको सगथ मुख्यमन्त्री राईबाट लिएकी छन् ।

कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर