पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार १०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५५५ जना संक्मण मुक्त भएका छन् ।भने ११ जनाको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ ।

संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौंमा ९९ जना रहेका छन् । साथै ललितपुरमा ३६ जना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर