राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले जनाए आपत्ति — OSNepal

राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले जनाए आपत्ति

LC (KTM) November 02, 2021 0

काठमाडौं, १६ कात्तिक – राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाउँदै समितिले सच्याउन सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् ।

यसबारेमा समिति सभापति लक्षमणलाल कर्ण र सदस्यहरूबीच सवाल जवाफ पनि भएको छ । सांसद शिवकुमार मण्डलले राजदूत सिफारिस समावेशिताको नम्सअनुसार भएको छ कि छैन ? भन्दै प्रश्न गरे । यसको जवाफ दिँदै सभापति कर्णले भने, ‘छैन ।’

सभापति कर्णको जवाफसँगै सांसद मण्डलले भने, ‘समावेशीको विषयमा समिति नबोल्ने ? बोल्नुप¥यो । संविधानअनुसार त कार्यान्वयन हुनुपरयो नि ।’

यसपछि सभापति कर्णले उपाय खोज्दै भने, ‘के गर्ने त ?’

लगत्तै सांसद देव गुरुङले समितिको काम सुनुवाइ गर्ने मात्र नभएर सरकारलाई सुझाव दिने पनि रहेको बताए । ‘समितिको काम सुनुवाइ मात्र गर्ने हो कि सरकारलाई सुझाव पनि दिने हो ? समावेशिताको प्रश्न उठाउनुपर्छ’, गुरुङले बैठकमा भने ।

यसपछि सभापति कर्णले भने, ‘अहिले तीन जना सिफारिसमा समावेशी छैन । बाँकी सिफारिसमा ध्यान दिन सरकारलाई भन्नुपर्छ ।’

सरकारलाई सुझाव दिने मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा सांसद पूर्णकुमारी सुवेदीले बताइन् । सभापति कर्णले यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।राजदूत सिफारिसमा समावेशीप्रति ध्यान दिनुपर्ने आवाज उठाउनेमा अधिकांश माओवादी केन्द्रका सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर