काठमाडौं १६ कात्तिक । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ ९२० अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सपथग्रहणको कार्यक्रम भने तिन बजे हुने बताइएको छ ।
तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई प्रदेश १ मा मुख्यमन्त्री भएका हुन् । राईले आजै सानो मन्त्रिमण्डल पनि बनाउने भएका छन् ।
सत्तारुढ गठवन्धनमा भागवण्डा मिलाउन राईले मन्त्रालय टुंक्रयाउने समेत भएका छन् ।