काठमाडौं १६ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटा सहित ६ जना रहेका छन् ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित सोमबार राति पक्राउ गरेको हो ।
सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिहेकोम छ ।