बुधबार सम्म प्रधानन्यायाधीशले राजीनामा नदिए चर्को आन्दोलन गर्ने अध्यक्ष शाक्यको चेतावनी — OSNepal

बुधबार सम्म प्रधानन्यायाधीशले राजीनामा नदिए चर्को आन्दोलन गर्ने अध्यक्ष शाक्यको चेतावनी

LC (KTM) November 02, 2021 0

काठमाडौं १ कात्तिक । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा नदिए अब अर्को आन्दोलन गर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा जारी विरोध प्रदर्शनमा सहभागी भएका शाक्यले भोली बुधबार सम्म प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी छलफल गर्ने र त्यसपछि पनि राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जवरालाई बारले  दिएको    पाँच दिनको  अल्टिमेटम पनि भोली सकिदै छ  ।  जवराले न्यायालको गरिमा उच्च् राख्न नसकेको भन्दै  उनको राजीनामा मागिएको  हो  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर