ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना प्रभावित — OSNepal

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना प्रभावित

LC (KTM) May 25, 2021 0

फुङ्लिङ, ११ जेठ- ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो । कञ्चनजङ्घा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ओलाङ्चुङ्गोला र याङमा क्षेत्रमा कोभिडको कारणले प्रवेश गर्न पूर्णरुपमा रोक्का गरेको छ ।”

कोभिड—१९ सङ्क्रमण फैलिनबाट रोक्न ओलाङ्चुगोला र याङ्ममा क्षेत्रमा प्रवेश रोक्का गरिएको छ । नाउर निरीक्षण गर्न लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई विश्व वन्य जन्तुको कोष (डब्लुडब्लुएफ)ले रु १० लाख उपलब्ध गराएको तिवारीले बताउनुभयो । गत महिना डब्लुडब्लुएफ र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बीच नाउर निरीक्षण र हिउँचितुवा संरक्षण गर्नका लागि रु ४० लाखको कार्यक्रम सम्झौता भएको छ । असार मसान्तसम्ममा कार्यक्रम सम्पन्न गर्नु पर्नेमा कोभिडको कारणले अहिले कार्यक्रम शुरुवात भएको छैन ।

विश्वमा दुर्लभ हँुदै गाएको वन्यजन्तु हिउँचितुवाको संरणक्षण गर्ने क्रममा नाउरको निरीक्षण गर्न लागिएको तिवारीले बताउनुभयो । नाउर हिउँचितुवाको प्रमुख आहारा हो । विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । पाँच वर्षयता नाउरको निरीक्षण भएपनि परिमाण आउन नसकेको फेम्बुले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर