आगामी चुनावमा एकताबद्ध भएर पाँचदलीय गठबन्धन मिलेर अगाडी बढ्छ : अध्यक्ष माधव नेपाल — OSNepal

आगामी चुनावमा एकताबद्ध भएर पाँचदलीय गठबन्धन मिलेर अगाडी बढ्छ : अध्यक्ष माधव नेपाल

LC (KTM) November 02, 2021 0

रौतहट १६ कात्तिक । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एकताबद्ध भएर पाँचदलीय गठबन्धन मिलेर अगाडी बढ्ने बताएका छन् ।

गृह जिल्ला पुगेका नेपालले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो जानकारी गराएका हुन् । चुनावको खर्च कम गर्न पनि तीनै तहको निर्वाचन एकै साथ गर्ने उनको तर्क रहेको थियो ।

फरक प्रसंगमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनाको विषयमा सत्तारुढ गठबन्धन दलका नेताहरुले छलफल गर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट फर्किएपछि यस विषयमा छलफल गरिने बताएका हुन् ।

साथै उनले केपी ओली प्रवृतिबाछ देशलाई मुक्त गर्न समेत आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर