वरिष्ठ अधिवक्ता श्रेष्ठ भन्छन्- प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको छ — OSNepal

वरिष्ठ अधिवक्ता श्रेष्ठ भन्छन्- प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको छ

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै तिन दिन देखि सर्वोच्च अदालत परिसरमा जारी विरोध प्रदर्शनमा सहभागी भएका वरिष्ठ अधिवक्ता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको आरोप समेत लगाएका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाईमा तिन देखि जारी विरोध प्रदर्शनमा सहभागी श्रेष्ठले जवराले सम्मानजनक बर्हिगनको नाममा अनेक प्रस्ताव ल्याएको भन्दै अबको निकास भनेको राजीनामा मात्र भएको बताएका हुन् ।

उनले जवरासँग छलफलमा जुटेका तीन न्यायाधीशलाई समेत सर्कत रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर