रुपन्देही १६ कात्तिक । अवैध लागु औषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा , बुटवल उपमहानगरपालिका-११ पवित्रानगर बस्ने ३६ वर्षीय दिपक नेपाली सहित तिन जना रहेका छन् ।
बुटवल उपमहानगरपालिका-११ पवित्रानगरबाट करिब ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ईलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले निजहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।