गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित — OSNepal

गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित

LC (KTM) November 02, 2021 0

विराटनगर, १६ कात्तिक-अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो ।

कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो ।

मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनी माथि छ । कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर