मनाङेको सम्पति विवरण सार्वजनिक : २२ तोला सुन, मुगाको माला ८३ तोला र २ करोड ऋण — OSNepal

मनाङेको सम्पति विवरण सार्वजनिक : २२ तोला सुन, मुगाको माला ८३ तोला र २ करोड ऋण

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति विवरण सर्वाजनिक गरेका छन् ।

मनाङेले आफुसँग २२ तोला सुन, भरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ नगद र २ करोड ४० लाख रुपैयाँ ऋण भएको उल्लेख गरेका छन् ।

यो भन्दा अगाडी उनले आफ्ना सबै सम्पति पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको बताएका थिए ।

उनीसँग पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उल्लेख गरेका छन् ।

मनाङे प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेमाथि २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर